कांग्रेस अधिवेशनको कार्य तालिका परिवर्तन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहका अधिवेशन कार्य तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले जिल्ला, प्रदेश र संघीय अधिवेशन कार्य तालिका परिवर्तन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा आगामी असोज ९ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दशैअगाबै गर्ने र बाँकी अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने समहमति भएको नेता पौडेलले बताए । यसअघि कांग्रेसले असोज ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश निर्वाचन क्षेत्र र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । योसँगै कांग्रसको जिल्ला, प्रदेश र संघीय अधिवेशन गर्ने देखिएको छ । कांग्रेसले १४ औं महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो ।
