सी डिभिजन छनोट : मकवानपुरको एफसी विजय युथ क्लब पराजित
मकवानपुर । सी डिभिजन लिग बनोट खेलमा मकवानपुरको एफसी विजय युथ क्लब पराजित भएको छ । मंगलबार बिहान ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा एफसी विजय युथ क्लब पराजित हुन पुगेको हो ।
पहिलो खेलमा व्यहारेको पराजयसँगै एफसी विजयी युथ समूह चरणबाटे बाहिरिने निश्चित भएको छ । यससँगै यस वर्ष पनि एफसी विजयी युथले सी डिभिजन खेल्ने सम्भावना अन्त्य भएको छ । समूह चरणको पहिलो खेलमा मंगलबार भक्तपुरको भ्याली इगल्स क्लबसँग एफसी विजयी युथ १–० गोल अन्तरले पराजित भएको हो । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरको स्थिति थियो । इन्जुरी सयमको तेस्रो मिनेटमा भ्याली इगल्स क्लबका रविनकुमार यादवले गोल गर्दै जीत दिलाएका हुन् । चौधरी म्यान अफ दि म्याच घोषित भए ।
भ्याली इगल्सले यसअघि पहिलो खेलमा काठमाडौंकै इराहिटी रानीवनलाई २-१ गोलले पराजित गरेको थियो । बिजय युथलाई पनि पराजित गरेसँगै भ्याली इगल ६ अंकका साथ समूह बिजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । अब बिजय युथले बिहीबार इराहिटी रानीवनसँग खेल्नेछ । उक्त खेल दुबै टिमलाई औपचारिकता पूरा गर्नका लागि हुनेछ । छनोट प्रतियोगितामा सहभागी मकवानपुरकै राप्ती रिभर युथ क्लब भने सोमबार भएको पहिलो खेलमा ५-१ गोलअन्तरको शानदार जीत हासिल गर्दै सुखद् सुरुवात गरेको छ।
