एमाले नेता मोक्तानद्वारा खेलकुद सामग्री सहयोग
मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् ।
मोक्तानले हेटौंडा–१५ का सानोसुकौली टोल विकास संस्था र परिश्रमी टोल विकास संस्थाका खेलाडीहरुलाई खेलकुद समाग्रीहरु सहयोग गरेको जानकारी दिए । युवा खेलाडीहरु खेलकुद क्षेत्रमा निरन्तर लाग्न सहाज र हौसला बढोस भन्ने उद्देश्यले रु ४० हजार बराबरको फुटबल, जर्सीलगायतको समाग्री सहयोग गरेको उनले बताए ।
उनले युवाहरुको स्वास्थ्य क्षेत्र एवम् खेलकुद क्षेत्रको समग्र विकासमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले युवाहरुलाई खेलकुद सामग्री सहयोग गर्न पाएको खुसी व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि स्थानीय युवा र खेल क्षेत्रको विकासका लागि यस्तै किसिमका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मोक्तानले यसअघि पनि हेटौंडा–१५ स्थित रहेको पनेश टोल विकास संस्था, ठूलो सुकौली टोल विकास संस्था, रातोमाटे टोल विकास संस्था, सुनौलो टोल विकास संस्था र सशक्ति टोल विकास संस्थाका खेलाडी टिमलाई खेलकुद समाग्री सहयोग गरिसकेको बताए ।
