नेकपा माओवादी मकवानपुरगढी–२ को अध्यक्षमा न्यौपाने
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ को अध्यक्षमा धर्मराज न्यौपाने चयन भएको छ । आइतबार बसेको वडा भेला तथा प्रशिक्षण कार्यक्रमले न्यौपानेको संयोजकत्जवमा २९ सदस्यीय कर्या समिति चयन गरेको हो । यस्तै, समितिको सचिवमा जितबहादुर लो, सदस्यहरुमा रामबहादुर लुङ्वा, केशव प्रसाद गौतम, सीता थापा मगर, धन बहादुर बिकलगायत चयन भएका छन् ।
त्यस्तै, सोही भोलाले श्याम कुमार थापाको अध्यक्षतामा ४५ सदस्यीय वाइसीएल वडा कमिटी, रम्बादेवी राना मगरको संयोजकत्वमा महिला समिति र अर्जुन चौरेलको संयोजकत्वमा किसान संगठन गठन गरेको छ । भेला तथा प्रशिक्षण कार्यक्रम नकेपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा नेकपा माओवादी केन्द्र मकवानपुरका नेता आशा नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर सदस्य सन्देश तुम्सिङ्ग मगरलगायतको आतिथ्यता रहेको थियो ।
