विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश
मकवानपुर । जनता समाजवादी पार्टी जिल्ला कमिटी सदस्य कुमार घलान (देवी) नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच घलानसहित तीन जना नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य तथा युवा संघका जिल्ला इन्चार्ज सुनिल मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार, घलानसँगै जनता समाजवादी पार्टी हेटौंडा–१५ का सचिव मेजर सिं घलान र नेपाली कांग्रेस १५ नम्वर वडा सदस्य भक्तबहादुर वाइबा पनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा हेटौंडा नगर अध्यक्ष सालिकराम पुडासैनीको सभाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा भएको हो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि रानालगायतका नेताहरुले टिका र खाता लगाएर स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रानाले आफ्नो व्यक्तिगत स्वार्थको लागि भन्दा पनि देश र जनताको हितका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिवलय सदस्य तथा युवा संघका जिल्ला इन्चार्ज सुनिल मोक्तान, जिल्ला सचिवालय सदस्य पद्म पौडेल, फूर्वा दोर्जे लामा, जिल्ला सदस्यहरू क्रमशः इन्द्रमान स्याङतान, धरम लामा, लक्ष्मण उप्रेती, सानु लामा, पातली माया गोङबा, वडा कमिटी अध्यक्ष पर्स बहादुर भुजेल, मदनभण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुबेदीलगायतका उपस्थिति रहेको थियो ।
नेपालमा पछिल्लो समय राजनीतिक दलहरु विभिन्न कारणले पटक–पटक फुट्न थालेको छ । नेपालमा नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी, विवेकशील साझा पार्टीललगायतका दलहरु फुटेका छन् । नेपालमा हालसालै नेकपा एमाले फुटेका छन् । नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
