हेटौंडाका युवालाई जर्सी सहयोग
मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् ।
युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का खेलाडीलाई जर्सी सहयोग गरेका हुन् ।
हेटौंडा–१५ को पनेश टोल विकास संस्था र ठूलो सुकौली टोल विकास संस्थाका खेलाडी टिमलाई ३५ हजार रुपैयाँ बराबरको फुटबल जर्सी सहयोग गरेको मोक्तानले बताए ।
हेटौंडा १५ का स्थानीय युवाहरुको स्वास्थ्य एवम् खेल क्षेत्रको विकासमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले जर्सी सहयोग गरिएको उनले बताए ।
उनले आफ्नो ब्यातिगत स्वार्थका लागि भन्दा पनि स्थानीय युवाहरु र खेल क्षेत्रको विकासका लागि आगामी दिनमा पनि यस्तै किसिमका सहयोगहरु निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
