२४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु थपिए ११४६ संक्रमित
काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कूल ८ हजार ५ सय ४९ जनाको नमुनाको पीसीआर परीक्षणमा ९ सय ६१ जना र २ हजार ३ सय ६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।
