‘निजामति कर्मचारीलाई परेका समस्या समाधानको लागि प्रदेश सरकार तयार छ’

तु खबर संवाददाता
२०७८ भाद्र २२, मंगलवार १७:५५
file-photo

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निजामति कर्मचारीहरुलाई परेका समस्या समाधान गर्नको लागि प्रदेश सरकार तयार रहेको बताएकी छन् ।

मंगलबार निजामती सेवा दिवस २०७८ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हेटौंडा आयोजित कविता बाचन तथा प्रवचन कार्यक्रम बोल्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताएकी हुन् ।

मुख्यमन्त्री शाक्यले निजामति कर्मचारी र जनप्रतिनिधिहरु मिलेर मात्र जनतालाई अनुभूति दिलाउने गरी सेवा प्रवाह गर्न सकिने बताइन् ।

उनले सेवा प्रवाहको क्रममा राजनीतिज्ञले कर्मचारीलाई असहयोग गर्यो भनेर दोस लगाउने र कर्मचारीले राजनीतिज्ञलाई दोस लगाउने गरिएकालेमा अबका दिनहरुमा यस्ता कुरा सच्याउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘दुबै पक्ष मिलेर छलफल गरौं । एकै स्थानमा बसेर छलफल गरेपछि एकले अर्कालाई दोस थोपर्नुनै पर्दैन ।’