कांग्रेसले बोलायो संसदीय दलको बैठक

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार १७:५२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो ।

संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालका अनुसार, यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनु अघि आन्तरिक छलफलका लागि दलको बैठक बोलाएको हो ।

बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीतिको बारेमा छलफल गरिने भएको सचेतक भुसालले बताए ।