कांग्रेस मकवानपुरगढी ६ नं वडा सभापतिमा चौंलागाई

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार १३:०५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ को सभापतिमा केदारनाथ चौंलागाई (प्रल्हाद) चयन भएको छ ।

कांग्रेसको आइतबार सम्पन्न वडा भेलाले सभापतिमा चौंलागाईसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी वडासमितिको उपसभापतिमा सोम स्याङतान र दुर्गा दंगाल, सचिवमा राजकुमार फुँयाल र अन्जन गौतम, सह–सचिवमा मदन सापकोटा र सञ्जय सापकोटालगायत चयन भएका हुन् ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधि १५ जना चुनिएका छन् ।