कांग्रेस मकवानपुरगढी–५ को सभापतिमा दाहाल

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार ०९:०५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नम्वर ५ को सभापतिमा दिपेश दाहाल चयन भएको छ ।

कांग्रेसको आइतबार बसेको वडा भेलाले सभापतिमा दाहलको नेतृत्वमा २७ जनाको कार्यसमिति चयन भएको हो ।

त्यसैगरी, उपसभापतिमा विदनाथ हुमागाई र नन्दमाइ बिक, सचिवमा अर्जुन बहादुर रुम्बा र राजिब फुयाल, सह–सचिवमा दुर्गा प्रसाद दुलाल र राजकुमार गोले चयन भएका हुन् ।

त्यस्तै, क्षेत्रिय प्रतिनिधिमा २१ जना रहेको नवनिर्वाजित सभापति दाहलले जानकारी दिए ।