कांग्रेस मकवानपुरगढी–८ को सभापतिमा न्यौपाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगी गाउँपालिका वडा नम्वर ८ को सभापतिमा बेदनाथ न्यौपाने चयन भएका छन् ।
आइतबार बसेको वडा भेलाले न्यौपानेको संयोजकत्वमा १७ कार्य समिति चयन गरेको हो ।
त्यसैगरी, समितिको उपसभापतिमा सुर्यलाल पाख्रिन र गोकुल प्रसाद देबकोटा, सचिवमा नारायण सिं स्याङ्तान, जीवन कुमार दोङ, सह–सचिवमा इमान सिं थिङ चयन भएको कांग्रेस नेता कुमार सिं घिसिङले जानकारी दिए ।
त्यसैगरी क्षेत्रिय प्रतिनिधिमा १६ जना रहेको नवनिर्वाजित सभापति बेदनाथ न्यौपानले जानकारी दिए ।
