कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ नम्वर सभापतिमा घलान
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १५ को सभापतिमा नवराज घलान चयन भएका छन् ।
कांग्रेसको आज भएको वडा अधिवेशनले घलानलाई सभापतिमा चयन गरेको हो ।
त्यस्तै वडा समितिको उपसभापतिमा इश्वर पाख्रिन र जितलाल थिङ, सचिवमा इन्द्रलाल बुलन र शान्ति स्याङ्बो लोप्चन, सह–सचिवमा सञ्चमाया स्याङ्तान र मदनलाल थिङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्णबहादुर गोङ्बा, सानुबाबु पाख्रिन, धर्मसिं वाइवा, सुवास थिङ, कुमार थिङ, रुपचन्द्र तितुङ, दिलबहादुर लोप्चन, तेजबहादुर पाख्रिन, सरिताकुमारी मोक्तान लामा, सुनमाया थिङ, सुर्यबहादुर थापा, बिमला तितुङ, भक्तबहादुर वाइवा, रामजी लो, शान्ता स्याङ्तान, सम्झना पाख्रिन, रामकुमार सुनार चयन भएका छन् ।
