कांग्रेस हेटौंडा १६ नं वडा सभापतिमा दङ्गाल
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १६ को सभापतिमा सोमनाथ दङ्गाल चयन भएका छन् ।
कांग्रेसको आज भएको वडा अधिवेशनले दङ्गालसहित ३१ सदस्यीय कार्यसमिति र २७ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरी वडा समितिको उपाध्यक्षमा केदारनाथ आचार्य र कृष्णप्रसाद बस्ताकोटी, सचिवमा कृष्णप्रसाद पनेरु र गुरुप्रसाद ढकाल, सह–सचिवमा सन्तोष धिमाल र पुस्कर गोले चयन भएको मतदान अधिकृत सम्पत काफ्लेले जानकारी दिए ।
त्यस्तै कोषाध्यक्ष पदमा अमन श्रेष्ठलाई चयन भएका छन् भने सदस्यहरुमा पिताम्बर गौतम, पुस्पराज हटुवाल, रत्नबहादुर गिरीलगायत चुनिएका छन् ।
भेलाले क्षेत्रीय प्रतिनिधिमा रामकृष्ण कोइराला, महेश ढकाल, रमेश ढकाल, शिवप्रसाद खतिवडा (राजु), सचित थापा, विष्णुप्रसाद धिताल, धर्मराज खड्का, मोहनप्रसाद ढकाल, सुमन गौतम, शिवप्रसाद गौतम, रामप्रसाद अधिकारी, सिंहबहादुर तामाङ, सानुकान्छा रुम्बा, बुद्धिलाल स्याङ्तान, अम्बिका सापकोटा, मुना ढकाल, देवकी रखाल मगर, राधा कार्की, सुनिता गर्तौला, निर्मला गोलेलगायत चुनिएका छन् ।
नवनिर्वाचित सभापति दङ्गालले आफुलाई निर्वाचित गराउन भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्दै पद र पार्टीको गरिमालाई उच्च राख्दै वडावासीको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
