बागमती प्रदेशका १३ जना सांसद्ले रोजे एकीकृत समाजवादी
मकवानपुर । बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवालीले पनि माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी छिन् ।
शुक्रबार प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा पुगी ज्ञवालीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।
यससंगै बागमती प्रदेशमा एमाले परित्याग गरी एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ ।
एकीकृत समाजवादीले एमालेबाट अझै सांसद्हरु आउने क्रम जारी रहेको जनाएको छ ।
बागमती प्रदेशमा एमालेको मात्रै ५६ सांसद् थिए । १३ जना एकीकृत समाजवादीमा गएपछि अब ४३ जना छन् ।
