बागमती प्रदेशः सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार १०:११
file-photo

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् ।

खनालले आज (बुधबार) बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष सामाजिक विकासमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनले मंगलबार एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका हुन् ।

खनालसँगै मंगलबार नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा बागमती प्रदेशसभाका १२ जना सांसदले सनाखत गरेका छन् । उनीहरुले प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा गएर सनाखत गरेका हुन् ।