बागमती प्रदेश : १२ सांसद् एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा (नामावलीसहित)

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार १६:००
file-photo

मकवानपुर । बागमती प्रदेशका १२ जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेकोे प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाकी सूचना अधिकारी सम्झना ढकालले जानकारी दिएकी छिन् ।

उनको अनुसार १२ जना सांसदहरुले आज प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भई आफुहरु माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

यससंगै नेकपा एमालेको एकल बहुमतबाट बनेको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।

एमालेको ५६ जना सांसदमध्ये १२ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।

हेर्नुहोस् एकिकृत समाजवादी पार्टी रोज्ने सांसद्को नामावली

राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल