माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १६:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दैछ ।

बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत हुने प्रेस संयोजक सापकोटाले बताए ।