माधव र महन्थको दल दर्ताको लागि निर्वाचन आयोगमा सनाखत सकियो

काठमाडौँ । निर्वाचन आयोगमा माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि सनाखतको काम सकिएको छ ।
आयोगले आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्ने जनाएको छ ।
नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगिसकेको छ ।
यसअघि नेकपा एमालेबाट अलग भएका नेपालले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।