नेकपा माओवादीमा जिम्मेवारी बाँडफाँड, कसलाई केको जिम्मा ?

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार ०९:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ ।

प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

यस्तै, पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् । अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुनलाई र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् ।

यसैगरी, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, संघीय संसदीय विभाग प्रमुखमा देव गुरुङ र जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखमा लिलामणि पोखरेलले जिम्मेवारी पाएका छन् ।

यस्तै, युवा तथा खेलकुद विभाग प्रमुखमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा विना मगरले जिम्मेवारी पाएका छन् ।

लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज र नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab