हेटौंडा–१७ र १८ का ४२१ जना नेकपा एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार ०८:०९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ मा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पाटी प्रवेश कार्यक्रमका अवसरमा नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरेर ४ सय २१ जना एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

पार्टी प्रवेश गरेकाहरलाई एमालेका क्षेत्र नम्बर १ का सांसद तथा अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाले खादा र टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले मकवानपुरका नेता बद्री लंशाल, कमल बिष्ठ, हेटौंडा १७ का वडा अध्यक्ष भैरव राइ, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका राजनीतिक सल्लाहकार नरहरी महत लगायतकाको आतिथ्यता रहेको थियो ।