मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार १०:१२
सांकेतिक तस्वीर

काठमाडौं । एक महिनाअघि भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

गत जुलाई २२ मा सन्पदा रेवले स्टेशनमा रेलले ठक्कर दिँदा गम्भीर घाइते भएकी २२ वर्षीय कालु परियारको मृत्यु भएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलवे ठक्कर दिएको भारतीय थियो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी उनको नेपालको ठेगाना पत्ता लगाई उनको शव हस्तान्तरण गरेको थियो । ती युवती कामको लागि मुम्बई पुगेकी थिइन् ।