मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यी साइटबाट हेर्न मिल्ने

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार ०९:४५
file-photo

काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।

गत भदौ ३ गते प्रि अलटमेन्ट सम्पन्न भएको ओइपीओको आज बिहान बाँडफाँड भएको हो ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ भने बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता शेयर बदर भएको छ ।

तर, यसको नतिजा भने केही बेरपछि मात्रै आउने बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ कार्यालयले जनाएका छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जसअनुसार, मानुषी लघुवित्तको वेबसाइट  https://www.manushilbs.com , सिडीएससीको मेरो शेयर  https://meroshare.cdsc.com.np/#/login को सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://cdsc.com.np/ , बिकी प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्को वेबसाइट https://www.dnb.com/business-directory/company-profiles.nepal_sbi_merchant_banking_limited.7291b959b593366ac79846257c68d518.html बाट हेर्ने सकिने छ ।

लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको थियो ।