मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार ०९:११
file-photo

काठमाडौँ । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ ।

उक्त आइपिओको प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो ।

आइपिओको बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलको कार्यालयमा आज बिहानै हुने जनाइएको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको बाँडफाँडमा ३६ हजार ८ सय ५९ जनाले मात्र शेयर पाउनेछन् । आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ ।

कूल आवेदकमध्ये १.५३ प्रतिशतले मात्र गोलाप्रथाबाट शेयर पाउनेछन् ।

बाँडफाँडमा ३६ हजार ८५९ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर वितरण हुनेछ ।

यसरी बाँडफाँड गरी बाँकी रहेको ३ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्ये फेरि गोलाप्रथा गरी ३ जनालाई १/१ कित्ताका दरले वितरण हुनेछ ।

कम्पनीको शेयरमा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन् ।