अफगानिस्तानमा अलपत्र परेका ५०४ जना नेपालीको उद्दार
काठमाडौं । सरकाले अफगानिस्तानमा अलपत्र परेका ५०४ जना नेपालीलाई सकुसल नेपाल ल्याएको छ ।
तालिवान समूहले सत्ता कब्जा गरेपछि अलपत्र परेका ८६० नेपाली सम्पर्कमा आएका थिए । जसमध्ये आइतबारसम्ममा ५०४ जनाको उद्दार गरिएको र बाँकीको उद्दार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालीको उद्धारका लागि मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भइरहेको जनाइएको छ।
