माओवादी केन्द्रको मकवानपुरगढी ४ नम्बर वडा अध्यक्षमा योन्जन
मकवानपुर । नेकपा माओवादी केन्द्रको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा हेम बहादुर योन्जन चयन भएका छन् ।
पार्टीको आज (आइतबार) भएको वडा भेलाले योन्जनको संयोजकत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।
भेला पार्टी केन्द्रीय सदस्य तथा मकवानपुुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा मकवानपुर अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को विषेश आतिथ्यतामा भएको हो ।
भेलामा जिल्ला पार्टी सचिवालय सदस्य तथा गढी गाउँपालिका इन्चार्ज आशा नेपाली, गढी गाउँपालिका अध्यक्ष राजकुमार खड्कालगायतको आतिथ्यता रहेको
थियो ।
