लुम्बिनी प्रदेशसभा सचिवालयले भन्यो – सांसद शाही र वलीलाई कारबाही गर्न मिल्दैन
लुम्बिनी । लुम्बिनी प्रदेशसभा सचिवालयले सरकारमा सहभागि भएका एमालेका सांसद् अजय शाहीलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ ।
गठबन्धनमा सामेल हुँदै विनाविभागीय मन्त्री भएका शाही हृदेश त्रिपाठी समूहका सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् ।
एमालेले सरकारमा सहभागि भएको भन्दै शाहीलाई कारबाही गरेको थियो । सो व्यहोराको पत्र एमालेले प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । प्रदेशसभाले सांसदलाई पदमुक्त नगरेको भन्दै दुई दिन प्रदेशसभा बैठक समेत अवरुद्ध गरेको थियो ।
सचिवालयले एमाले संसदीय दललाई शाहीलाई कारबाही गर्न नमिल्ने व्यहोराको पत्र पठाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
एमालेले अर्का सांसद विमला वलीलाई समेत कारबाही गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले वली र शाही दुबैलाई एमालेले कारबाही गर्न नसक्ने निर्णय लिएको बताइएको छ ।
