हेटौंडा–७ का एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १४:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ का एक सय भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रवेश गरेका छन् ।

आज (शनिबार) भएको राष्ट्रिय युवा संघ नेपाल ७ नम्वर वडा कमिटिको युवा भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल, एमाले बागमती प्रदेश सदस्य देवराज रिमाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनीलगायतका नेताहरुले टिका र खाता लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री पौडेल, एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, एमाले जिल्ला सदस्य सानु लामा, जिल्ला सदस्य ध्रुब चौलागाई, जिल्ला सदस्य एवम् हेटौंडा–७ नम्वर वडाका वडाध्यक्ष राजन थापा, एमाले हेटौंडाका नगर अध्यक्ष शालिकराम पुडासैनी लगायतले मनतव्य व्यक्त गरेका थिए ।