पेरिसडाँडामा माओवादी स्थायी समितिको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
सो बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित भएका निर्णयका सन्दर्भमा छलफल हुने जनाइएको छ ।
केहीदिन अघि सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३–१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो।
यस्तै, २२ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको पनि गरेको थियो । तत्कालीन नेकपा हुँदा २ सय केन्द्रीय सदस्यमध्ये केही एमालेमा प्रवेश गरेका र अन्य विविध कारणले रिक्त भएका केन्द्रीय सदस्य हप्ता दिनभित्रै थप गर्न स्थायी समितिलाई जिम्मा दिने गरी बैठकले निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकले जिल्ला समितिहरू खारेज गरेको थियो । अब जिल्ला समन्वय समिति बनाउने माओवादीको योजना छ ।
