कृषि विकास निर्देशनालयद्वारा खेतबारी सिंचाईलाई प्राथमिकता
मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृति तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले गत आर्थिक वर्षमा किसानका खेतबारी सिंचाई गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
प्रदेश सरकारले विभिन्न जिल्लाका किसानका ९ सय ४७ हेक्टर नमिनमा सिंचाई सुबिधा पुर्याएको छ । सिंचाई कार्यक्रममा मागमा आधारित सौर्य सिंचाई कार्यक्रम, लिफ्ट सिंचाई कार्यक्रम र डिप बोरिङ कार्यक्रमबाट ९ सय ४७ हेक्टर जमिनमा सिंचाई सुबिधा पुर्याइएको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए ।
कृषि ज्ञानकेन्द्रमार्फत् सौर्य सिंचाई कार्यक्रमअन्तर्गत् एक सय ७५ वटा सौर्य सिंचाई प्रणाली जडान गरिएको छ । त्यसबाट ७५ हेक्टर जमिनी सिंचाई पुगेको छ ।
फ्ट सिंचाई कार्यक्रमअन्तर्गत ४४ वटा सिंचाई प्रणाली जडान गरिएको र ३ सय ५२ हेक्टर जमिनमानीजाई सुविधा पुगेको प्रधानले जानकारी दिए।
निर्देशनालयले गरेका तीन वटा सिंचाई कार्यक्रममध्ये सबैभन्दा धेरै सिंचाई सुविधा भने डिप बोरिङ कार्यक्रमबाट भएको छ । कार्यक्रमको पहिलो चरणमा १३ वटा र दोसो चरणमा २९ वटा गरी ५२ वटा डिप बोरिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ५ सय २० हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको उनले बताए।
पहिले सिंचाईका लागि आकाशे पानीको भर पर्नुपर्ने प्रदेशका विभिन्न जिल्लाका किसानहरु हाल सिंचाई सुबिधामगेपछि खुशी भएका छन्। पानों अभावकै कारण जमिन बाँझो राख्नुपर्ने समस्या भए पनि हाल भने थप सहयोग पुगेको किसानहरु बताउँछन् ।
