बागमती प्रदेशमा भदौ ७ गते सार्वजनिक बिदा
मकवानपुर । बागमती प्रदेश सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशमा प्रमुख रुपमा मनाइने गाइजात्रा पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका शाखा अधिकृत पेसल कुमार पोखरेलले बुधबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
हेर्नुहोस् सूचना ।

