भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध
मकवानपुर । मकवानपुरको भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिकामा पर्ने पान्द्राङस्थित माथिबाट पहिरो खस्दा याताया अवरुद्ध भएको प्रहरी चौकी भैसेले जनाएको छ ।
पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदीतर्फ जाने सवारीसाधनका यात्रुहरु समस्यामा परेका छन् ।
भैसे प्रहरीका अनुसार, उक्त पहिरो हटाउने काम भइरहेको छ ।
उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो ।
