हेटौंडामा जेटिई ब्राण्डका मोबाईल
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय ब्राण्ड जेटिईका मोबाईल फोन पाइने भएको छ । जेटिई कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै तीन वटा मोडलका मोवाइल बिक्रीका लागि बजारमा ल्याएको जानकारी गराएको हो ।
मोवाईल एसोसियसन अफ नेपाल (म्यान) मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख अतिथ्यतामा मोबाइल सार्वजानिक गरिएको थियो ।
हेटौंडाको लागि कम्पनीको आधिकारिक विक्रेता ओमशीव इन्टरप्राइजेजका सञ्चालक रन्जन श्रेष्ठले जेटिईका अहिले तीन वटा मोडल फोन सेट उपलब्ध रहेको बताए । उनले बजारमा ए ५१, ए ७१ र भी ३० भिटा नामका मोडल मोवाइल उपलब्ध हुने बताए ।
टेलिकमको फोरजी इन्टरनेट चल्ने स्थानमा सबै मोवाइलमा चल्ने बताउँदै उनले ए ५१ मोडलको फोन डबल क्यामेरा र फ्रिङ्गरप्रिन्ट सुविधा रहेको सेटलाई ११ हजार ४९० बजार मुल्य रहेको बताए ।
त्यस्तै, ए ७१ मोबाईलको १५ हजार ९९९ र भी ३० भिटाको १७ हजार ९९० बजार मुल्य रहेको सञ्चालक उनले बताए ।
कार्यक्रममा म्यान मकवानपुरका अध्यक्ष दीनेश लामा, निवर्तमान अध्यक्ष एसीस रिजाल, मोवाईल डिलर एसोसियसनका अध्यक्ष रोहिणी प्रसाद गौतम, जेटिई मोवाईल कम्पनीका प्रतिनिधि शीवशंकर यादव, हेटौंडाका मोवाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
