माधव नेपालको दल आधिकारिक रुपमा दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १८:२०
file-photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालले नेतृत्व गरेको दल नेकपा एमाले समाजवादी आधिकारिक रुपमा दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपा एमालेका माधवकुमार नेपाल पक्ष औपचारिक रुपमा विभाजन हुन बाँकी रहेकोले मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने भएको हो ।

गठबन्धनमा रहेको एक दलका शीर्ष नेताले नेपाल समूहले एमाले फुटाएर अर्को दल दर्ता नगर्दासम्म मन्त्रिपरिषद् विस्तार नहुने जानकारी दिएका छन् ।