वक्तृत्वकला प्रतियोगितामा हेटौंडाकी स्मृती प्रथम
मकवानपुर । बागमती प्रदेश युवा परिषद्को आयोजनामा मंगलवार हेटौंडामा खाद्य प्रणाली रुपान्तरण मावन र भुमण्डली स्वास्थ्यका लागि युवा नवप्रवर्तन विषयकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा लेडी जेसीजको समन्वयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा मकवानपुर बाल विद्या सदन हेटौंडाकी स्मृती गिरी प्रथम भएकी छिन् ।
यस्तै, प्रतियोगितामा तुलसी मेयर मेमरियल माध्यामिक विद्यालयका प्रमिश रानाभाट द्धितिय र आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयका कर्ण यादव तृतिय भएको हेटौंडा लेडी जेसीजको अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुलाई क्रमशः रु ५ हजार, रु ३ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरेको लेडी जेसीजको अध्यक्ष श्रेष्ठले बताइन् ।
कार्यक्रम हेटौंडा लेडी जेसीजको अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतका आतिथ्यतामा भएकोे हो ।
प्रतियोगितामा ११ जनाले सहभागिता जनाएका थिए ।
