डा. गोविन्द केसी तत्काल अनसन नबस्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटपछि डा.गोविन्द केसी तत्कालका लागि अनसन नबस्न सहमत भएका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा। केसी अनशन स्थगित गर्न सहमत भएका हुन् ।
डा। केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए ।
तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले वार्तामा बोलाएर पाँचबुँदे प्रतिवद्धता जनाएका छन् ।
उनले स्वास्थ्य राज्यमन्त्रीबारे उपयुक्त समयमा सम्बोधन गर्ने र सार्वजनिक पदहरुमा नियुक्ति गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानून बनाउने प्रतिवद्धता जनाएका
छन् ।

