प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १९:१०
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।

लामो समयदेखि पटक–पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने मागसहित अनसन बस्दै आएका केसीलाई आज प्रधानमन्त्री देउवाले भेटेका
हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको हो ।

यसअघि डा. केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्नेलगायतका ५ बुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

उनको अल्टिमेटम सकिन अब २ दिनमात्रै रहेको छ ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका थिए ।

उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् ।