नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १८:४९

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले मंगलबार उनलाई नियुक्त गरेकी थिइन् ।