हेटौंडामा युवा संघद्वारा माक्स वितरण
मकवानपुर । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधार युवा संघले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै बागतमी प्रदेशभर माक्स वितरण अभियान संचालन गरेको छ ।
युवा संघ बागमती प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको व्यवस्थापनमा हेटौंडाको बुद्धचोकमा माक्स वितरण गरिएको छ ।
कोभिड–१९ को डेल्टा भेरियन्टविरुद्ध जनचेतना कार्यक्रम स्वरुप माक्स लगाऔं, कोरोना संक्रमणबाट बचौं भन्दै माक्स नलगाई हिड्ने सर्वसाधारणलाई माक्स वितरण गरिएको युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरण मान बलले जानकारी दिए ।
युवा संघको केन्द्रीय सचिवालय सदस्य आरती पाठकसहितको उपस्थिती मास्क वितरण गरिएको थियो ।
सरकारले माक्स अभियान चलाइरहेको बेला माक्स नलगाउनेलाई युवा संघमार्फत माक्स वितरण गरिएको जनाइएको छ ।
