बागमती प्रदेशसभा बैठक भदौं १ गते बस्ने

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार ०७:५८

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौं १ गते मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत असार २८ गतेदेखि स्थगित बैठक भोलि मंगलबार बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।

उनका अनुसार, भोलि बस्ने बैठकका लागि आज सोमबार अपराह्नमा कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने भएको छ ।

यसअघि गत असार २८ गते २ वटा विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालको लागि बैठक स्थगित गरेको थियो ।