कार दुर्घटनामा केसीको मृत्यु
कास्की । पोखराको मेथलाङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कार चालक बद्री केसी रहेको जिल्ला प्रहरी कास्बीले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको हो ।
दुर्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए ।
त्यस्तै, सोही दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा सपना घोताने र किरण अर्याल रहेका छन् । उनीहरुलाई उद्धार गरी उपचारको लागि सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
