अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसको अध्यक्षमा लामा

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार १७:१२

मकवानपुर । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्षमा छोइसाङ लामा (स्याङ्तान) चयन भएका छन् । शनिबार भएको आठौं इकाई सम्मेलनबाट लामाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

यस्तै, समितिको उपाध्यक्षमा स्वतिका नेगी मधुरंजन, सचिवमा अम्युदय खनाल, सहसचिवमा रितिना श्रेष्ठ, विजन बर्तौला र कोषाध्यक्षमा सुजन सिलवाल चयन भएका छन् ।

सम्मेलन अखिल क्रान्तिकारी मकवानपुर बहुमखी क्याम्पसका अध्यक्ष स्याङ्तानको सभाध्क्ष्यता तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पबिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

माओवादी केन्द्र मकवानपुरका सदस्य मिना लामाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुर जिल्ला इन्चाज दिनेश सुवेदी, अखिल क्रान्तिकारी मकवानपुर सह–संयोजक श्रावण बर्तौला, अखिल क्रान्तिकारी हेटौंडा इन्चार्ज संग्राम लामा, अखिल क्रान्तिकारी मनहरी इन्चार्ज राजेन्द्र मुक्तान, अखिल क्रान्तिकारी हेटौंडा अध्यक्ष झलक छत्कुली र अखिल क्रान्तिकारी भीमफेदीका अध्यक्ष सफल बर्तौलाको आतिथ्यता रहेको थियो ।