असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज/किस्ता पुस मसान्तसम्म तिर्न सकिने

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १८:३०
file-photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जारी गरेको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् ।

मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्यूआई वा साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरि २०७८ पुस मसान्त सम्म म्याद थप गर्न सकिने व्यवस्था मिलाएको हो ।

यस्तो रकममा थप हर्जाना र पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाइने अधिकारीले बताए ।

यो व्यवस्था कोभिड १९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायलाई समेत लागु हुने गभर्नर अधिकारीले जानकारी दिए ।