राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा चौलागाईं निर्वाचित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले रवीन्द्र चौलागाईलाई अध्यक्षमा निर्वाचित गरेको छ । संघको नेपालगन्जमा भएको १२औँ केन्द्रीय महाधिवेशनले अध्यक्षमा चौलागाईंलाई निर्वाचित गरेको हो । साथै महाधिवेशनले ४१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कविराज बराल, महासचिवमा ऋषिराम ज्ञवाली निर्वाचित भएका छन् ।
कर्मचारीहरुमा उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउने र बाणिज्य बैंकको श्रीवृद्धिमा सकारात्मक योगदान दिने नवनिर्वाचित कार्यसमितिका अध्यक्ष चौलागाईंले बताए । निर्वाचित भएपछि तु खबरसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष चौलागाईंले आप्नो कार्यसमितिले कर्मचारीको हीतमा महत्वपूर्ण योजनासहित काम गर्ने बताए ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको महाधिवेशनमा ८०० भन्दा बढी कर्मचारी सहभागी थिए । महासचिव पोखरेलले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै संघले कर्मचारीको हकहीतमा पुर्याउँदै आएको योगदान प्रशंसनीय भएको बताए ।
