राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
बैंकका अनुसार, आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीतिको आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रत्येक आर्थिक वर्षको लागि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । यस वर्ष गत जेठ १५ मा ल्याइएको अध्यादेश बजेट कार्यान्वयनमा नयाँ सरकार गठन भएर चुनौति थपिएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न केही ढिलाई गरेको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको सम्बन्धमा बिहिबार बसेको सञ्चालक समितिको बैठकमा छलफल भएको जनाइएको छ । यद्यपि आज मौद्रिक नीति सार्वजनिक हुन्छ वा हुँदैन भन्ने बारेमा अन्योलता कायमै छ ।
सरकारले भने संसदमा प्रतिस्थापन विधेयक ल्याएपछि सोही आधारमा मौद्रिक नीति ल्याउन उपयुक्त हुने सुझाव राष्ट्र बैंकलाई दिँदै आएको थियो ।



