प्रदेश युवा परिषद्का नवनियुक्त सदस्यहरुद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
बिहिबार एक कार्यक्रमबीच प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले नवनियुक्त मनोनित ११ जना सदस्लाई शपथ ग्रहण गराएकी हुन् ।
सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपाली रहेका छन् ।
मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणपछि प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । गत असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त गरिएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन ।
शपथ ग्रहण कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।
