बुढानीलकण्ठमा काँग्रेस केन्द्रीय समिति बैठक सुरु

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १६:१५

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् ।

यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।