करेन्ट लागेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०८:५५
file-photo

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका छन् ।

मंगलबार साँझ ६ बजेतिर क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा करेन्ट लाग्दा उनीहरु गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृतक दुबैको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।