भारतमा एकैदिन थपिए ३५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार १५:३३
filr-photo

भारत । भारतमा एकैदिनमा ३५ हजारभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख दुई हजार १८८ रहेको रहेका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७ दशमलव ४० प्रतिशत हो ।

त्यस्तै, भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या चार लाख दुई हजार १८८ पुगेको छ ।