सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट
काठमाडौं । सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट निवेदन दर्ता भएका छन् ।
भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली, प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ ।
निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।
गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
